नवलपरासीमा यातायात सेवा कार्यालय खुल्यो


 



पश्चिम नवलपरासीमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ ।




आज एक औपचारिक कार्यक्रम बिच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले सेवा कार्यालयको उद्घाटन गरेकी हुन् ।

जिल्लाको रामग्राम नगरपालिका वडा ४ बैरिहवाँमा स्थापित सेवा कार्यालयको, समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेको मन्त्री ढेंगामगरले कार्यालयमा राखिएको शिलालेख अनावरण र मुल धोकाको रिबन काटेर यातायात सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेकी हुन् ।

सो क्रममा मन्त्री ढेंगामगरले आगामी दिनमा यस सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरणको समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरिन् ।

उनले यस सेवा कार्यालयलाई व्यस्थित गर्न आवश्यक जनशक्ति, स्रोतसाधनको व्यवस्थापन गरि छिटोछरितो सेवा प्रवाह गराउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा मन्त्रालयका सचिव  दिपकराज नेपालले सेवा कार्यालय खुलेको जिल्लाबासीहरुलाई शुभकामना दिदै यसै जिल्लाबाट सेवाग्राहीहरुले छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरे ।

यातायात सेवा कार्यालय नहुँदा यहाँका सेवाग्राहीहरु सेवा लिन भैरहवा र बुटवल जाने गर्दथे तर आजदेखि जिल्लामै सेवा कार्यालय खुलेपछि अब बाहिर जिल्ला धाउनु पर्ने बाध्यता हटेको र जिल्लाबासीहरु निकै खुशी भएको रामग्राम नगरपालिका वडा ४ का अध्यक्ष मदन यादवले बताए ।

 



सम्बन्धित
Loading...