कावासोती १७ मा एमाले, काँग्रेस छोडी माओवादीमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कावासोती वडा नं १७ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेस परित्याग गरि २३ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) मा प्रवेश गरेका छन् ।
२७ औं जनयुद्ध दिवशको अवसर पारेर माओवादी केन्द्रको १७ नं. वडा समितिले सेतापानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनिहरूलाई प्रवेश गराईएको कार्यक्रमका अध्यक्ष तथा १७ नं. का अध्यक्ष मोहलाल बरालीले जानकारी गराए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश सदस्य टंकमणि शर्मा, जिल्ला सचिवालय सदस्य डासीराम बस्याल, जिल्ला सदस्य रामराज पण्डित लगायतको उपस्थिति रहेको थियो ।
