मोबाइल बिगारेको निहुँमा श्रीमतीको ह-त्या, श्रीमान प;क्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना श्रीमानलाई पक्राउ गरेको छ।
भद्रपुर नगरपालिका-१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङलाई प्रहरीले सोमबार हत्या आरोपमा पक्राउ गरेको हो।
उनले आफ्नी ३४ वर्षीया श्रीमती अनिता लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहान साढे ५ बजे उनीहरूबीच झगडा भएको थियो।
कार्यालयका अनुसार श्रीमती लिम्बूले मोबाइल बिगारेको भन्दै श्रीमानले चक्कु प्रहार गरी हत्या गरेका हुन्।
हत्या गरी भागेका तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको थियो।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ। मृतकको शव पोष्टमार्टमको गर्न मेची अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।