परासीमा एग्रोभेट र फेन्सी पसलमा आग-लागी हुदाँ लाखौंको क्ष’ति




पश्चिम नवलपरासीको परासीमा गएराति आग-लागी हुदाँ ठूलो क्ष’ति भएको छ । रामग्राम – ५ कालिका टोल स्थित लिटिल प्लान्ट स्कुलको पश्चिम तर्फको दुईतले घरमा आग-लागी भएको हो ।

 

साँझ करिब पौने ८ बजे भएको आग-लागीबाट एग्रोभेट पसल र फेन्सी पसलका सामान जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

 




आग-लागीबाट यदुवंशी फेन्सी स्टोरको रु ३० लाख बराबर र सनम एग्रोभेटको करिब रु ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

 

एग्रोभेट पसलबाट शुरु भएको आगो छेउको फेन्सी पसलमा पनि लागेको थियोे । बन्द अवस्थामा रहेको दुवै सटरमा आग-लागी हुनुको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको उनले बताए ।

 

दुवै पसल केही दिन अघिमात्र सञ्चालनमा आएको बताईएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

 

आगलागी नियन्त्रणको लागि रामग्राम नगरपालिकाको दमकल बोलाईएकोमा शुरुमा पानी नभएको र भरेर आएपछि पनि फोर्स फोहोरा फाल्न नसकेपछि स्थानीय आक्रोशित भिडले तोड-फोडको प्रयास गरेको थियो ।

 

बर्दघाट नगरपालिकाबाट आएको दमकललाई भने स्थानीयले तोड-फोड गरेका थिए ।

 

 

करिब आगो नियन्त्रणमा आईसकेपछि दमकल आएको भन्दै तोड-फोड गर्दा बर्दघाटको दमकलको सिसा फुटेको छ भने चालक दुर्गा लामिछानेलाई सामान्य चोट लागेको छ ।



सम्बन्धित
Loading...