कावासोतीमा ५५ बर्षीया महिला मृत फेला




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।

नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ११ कुढौली निवासी ५५ बर्षीया प्रेमकुमारी गुरौ मृत अवस्थामा फेला परेको हो ।




कुढौलीको पानी नभएको सुख्का कुलोमा महिला मृत अवस्थामा फेला परेको हो ।

मृतकको शव प्रहरीले मुचुल्का तयार पारी पोष्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो ।

मृतकको शव पोष्टमार्टम पश्चात आफन्तले बुझेर गरेको जिल्ल प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

 

 

 



सम्बन्धित
Loading...