नवलपुरमा मोटरसाइकलबाट हामफालेर गम्भीर घाइते

नवलपुर । पूर्वी नवलपरासीको कावासोती १६ प्रिपेनी स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार पिप्रेनी स्थित भित्री सडकखण्डमा डण्डाबाट हुप्सेकोट तर्फ जादै गरेको ना ५६ प ८९८२ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्री घाइते भएका हुन् ।
दुर्घटनामा परी पिप्रेनीकी वर्ष ४७ की मिना सुवेदी घाईते भई उपचारको लागि भरतपुर तर्फ पठाईएको द्धछ । घाइतेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १३ कोटथर स्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट एक जना यात्री हाम फाल्दा यात्री घाइते भएका छन् ।
प्रदेश २–०३–००१ प ३५०३ नम्बरको मोटरसाइकलको पछाडि सवार कोटथर निवासी १८ बर्षीय चन्द्रबहादुर बारघरे मोटरसाइकलबाट हाम फाल्दा घाइते भई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा
ल्याएकोमा थप उपचारको लागि गएराति नै भरतपुर पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।
उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ ।