भोलि बस्ने संसद बैठक एमालेले अवरोध गर्ने तयारी


 



नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । बुधबार बस्ने बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी छ ।

 




सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।

आफूहरुको माग पूरा नभएकाले बुधबार बस्ने संसद बैठक पनि अवरोध गर्ने शेरबहादुर तामाङले जानकारी दिए ।



सम्बन्धित
Loading...