दलितसँग विवाह गरेकै कारण हजुर आमाको अन्तिम संस्कारबाट बञ्चित


 



रामकरण अम्बेडकर – परासी फागुन ४-

पश्चिम नवलपरासीमा दलित केटीसंग प्रेम विवाह गरेको कारण हजुर आमाको मृत्यु पश्चात दाहशस्कार गर्नबाट बञ्चित गरिएकाे छ ।




तीन वर्ष देखी प्रेम विवाह गरी जिवन यापन गर्दै आएका छौ हाम्रो दम्पत्य जिवनबाट एक सन्तान जन्मेको छ मैले दलित केटीसंग विवाह गरेको कारण मेरो घर परिवार सुईकार  गरेका छैन्न । तल्लो जातिको महिलालाई आफनो श्रीमती बनाएको भन्दै  हजुर आमाको मृत्यु पछि मृत्क शरिरलाई सदगत गर्न रोकेको पवन खडकाले बताए ।

खडकाका अनुसार दागबत्ती दिन जादा विपक्षी मध्येको रमेश खडकाले धक्का दिई तं कामी केटी सित विवाह गरे छौ तैले लास छुन पाउदैन तं निच अछुत हो बोल्दै हजुर आमाको लास छुन  दिएन्न मैले जबरजस्ती सदगत गरेको हो ।

शवलाई सदगत गरी घर आए पछि गर्नु पर्ने समाजिक तथा परम्परागत रितीरिवाज अनुसारको कृया कर्म हामी सबै परिवार एक साथ गर्न लाग्दा कृया बस्ने ठांउबाट विपक्षीहरु मध्ये रेशम खडका मनकुमारी रमेश रामु खडका  धक्का दिएर भाग्न भनी हटाई दिएको मिनाकुमारी क्षेत्रीले बताएकी हो ।

धर्म परम्परा अनुसार एक बंश तथा पुस्ता भित्रका नातेदार १३ दिन सम्म जुठो बार्ने नुन बार्ने महिलाहरुको महिलामा पुरुषहरु पुरुषको समुहमा संगै नुहाउने एउटै भाडामा पकाएको एक साथ खाना खाने संगै कृया बस्ने जस्ता तमाम रितीरिवाज परम्परा अनुसार गर्नु पर्ने रहेको पिडित वि∙ क∙ महिलाले बताएकी हो ।

मेरो जेठा ससुरा पर्ने  रेशम खडकाले मेरो पति पवन खडका लाई धक्का दिदै निच अछुत कामीलाई यहां सहभागी हुन दिएन्न पिडितले बताएकि हुन ।

म दलित केटी संग विवाह गरी भित्रयाउने मलाई स्वीकार गर्ने मेरी सासु नन्दा मेरो पति समेत लाई निच अछुत शुद्र लगायत नाना थरिका अभद्र अशब्द प्रयोग गरी पितृ कार्य गर्नबाट हालसम्म बन्चित गराएका छन जाहेरवाली महिलाले बताएकि हुन ।

पिडितहरुका अनुसार माघ २८ गते जातिय तथा अन्य समाजिक छुवाछुत र भेदभाव जाहेरी लेखाई जिल्ला प्रहरी कार्यालयमा दिएकोमा  फागुन १ गते मुद्दा दर्ता गरेको छ तर अहिले सम्म प्रतिबादीहरु लाई प्रहरीले पक्राउ गरेको छैन ।

 

अहिले हामीलाई पक्राउ गर्ने अनुमती छैन दोशीहरु लाई समातनको लागि अदालतबाट अनुमती लिनु पर्छ  मुद्दा दर्ता गरी अनुसन्धान गरि रहेका छौ डिएसपी प्रेम बहादुर शाहीले बताए ।

 



सम्बन्धित
Loading...