तनहूँमा ८ जना बन्दकर्ता पक्राउ




तनहूँ । तनहूँमा एमसीसीको विरूद्ध बन्द गराउँदै हिडेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई तनहूँको दमौली बजारबाट गिरफ्तार गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाटले बताए ।




पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ।

पक्राउ पर्नेमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाट, नेकपाका केन्द्रिय सदस्य एवम् तनहुँ ईन्चार्ज पूर्णजित पुन, केन्द्रीय सदस्य एवम् लम्जुङ्ग गोर्खा ईन्चार्ज रूपेश वाग्ले, नेकपा क्रान्तिकारी तनहुँ सेक्रेटरी नारायण लम्साल, नेकपाको तनहुँ सेक्रेटरी राजु विक, मगर मुक्ति मोर्चाका केन्द्रिय सदस्य धनबहादुर राना मगर, मजदुर नेता चिजबहादुर भण्डारी सहित ८ जना गिरफ्तार भएका हुन् ।

 



सम्बन्धित
Loading...