नवलपुरमा बन्दकर्ताको प्रदर्शन यस्तो छ अवस्था फोटो र भिडियो सहित

कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ साविक श्री पेट्रोल पम्प निर बन्द कर्ताले टायर बालेर सडक अवरुद्ध गरेका छन ।
बन्द कर्ताले नवलपुरको ठाउँठाउँमा मुख्य चोकमा बसेका छन् । नवलपुरमा लामा तथा छोटो दुरीका यात्रुबाहक बस सञ्चालनमा आएका छैनन भने ट्रक, मिनी ट्रक मोटरसाइकलहरु भने सञ्चालनमा रहेका छन् ।
साविक श्री अगाडि बन्दकर्ताले टायर बालेर अवरुद्ध गरेको सडक प्रहरीले निभाएको थियो ।
बन्दको समर्थनमा र एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रका विद्यार्थी नेताहरु पनि सडकमा उत्रिएका थिए ।
नवलपुरमा बन्द कर्ता र प्रहरी बीच झडप कुटपिट गिरफ्तार केही नभएको र शान्तपूर्ण वातावरण रहेको नवलपुर प्रहरीले जनाएको छ ।
आज नेकपा क्रान्तिकारी माओवादी, नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका पाँच दलले आज एमसीसीको विरोधमा नेपाल बन्द गरेका हुन् ।
बन्दको क्रममा काठमाडौं, बुटवल, तनहु, पश्चिम नवलपरासी लगायतका क्षेत्रबाट गरी एक सय बढी नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।


