नवलपुरमा दुई वटा बसमा आग-लागी

नवलपुर । पूर्वी नवलपरासीमा दुई वटा बसमा आग-लागी भएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका १ धारापानी बस्ने रमेश कुमालको घर आँगनमा पार्किङ गरी राखेको ना ७ ख ५९३५ नं.को निजकै बसमा अचानक तार स’र्ट हुन गई आग-लागी भएको हो ।
बस प्रहरी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आग-लागीबाट बसमा क्षति भए पनि मानवीय क्ष’ति भने नभएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दुम्किबासमा पनि एउटा बसमा आग’लागी भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार मध्याबिन्दु नगरपालिका १० बस्ने धुर्वकुमार श्रेष्ठको ग.प्र.०४–००१ ख ००१४ नम्बरको बसमा आग’लागी भएको हो ।
विनयीत्रिवेणी गाउँपालिका १ सिसेनी निवासी बस चालक आषिस कुमालको घर आँगन अगाडि पार्किङ्ग गरी राखेको बसमा अचानक आग’लागी भएको हो ।
आग’लागीबाट बसको भित्री भाग जली पूर्ण रुपमा न’ष्ट भएको प्रहरीले जनाएको छ । आग’लागीको कारण भने खुलेको छैन ।
आ’गो भने प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको थियो ।