क्यालिब्रेसन फ्लाइट गर्ने जहाज भैरहवा आइपुग्यो


भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने जहाज भैरहवा आइपुगेको छ ।



गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ । विमानस्थल आयोजना प्रमुख इन्जिनीयर प्रवेश अधिकारीले शुक्रवारदेखि परीक्षण उडान हुने जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि क्यालिब्रेसन फ्लाइट हुन लागेको हो ।




विमानस्थल निर्माण आयोजना अन्तर्गत आइसिबी जिरो २ का प्रमुख इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्य सम्पन्न भइसकेपश्चात क्यालिब्रेशन फ्लाइट गर्न लागिएको जानकारी दिनुभयो । उँहाले करिब ७ देखि १० दिनसम्म एरो थाइको विमानले क्यालिब्रेशन फ्लाइटको काम गर्ने बताउनुभयो ।

 



सम्बन्धित
Loading...