८ गते बस्ने गरी सकियो गठबन्धन बैठक, आज संसदमा एमसिसी टेबल नहुने




प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेन।




बैठकबाट बाहिरिँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि ८ गते बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए।

‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा पेस गरौं भन्नुभएको थियो। हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ। पर्सि फेरि छलफल गरौं भन्यौं,’ नेपालले भने,‘प्रधानमन्त्री आज एमसिसी संसदमा पेस नगर्न सहमत हुनुभयो।’

आजको बैठकमा नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्यो चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन्।

गठबन्धनका अरू तीन दलका शीर्ष नेताले भने आजै बिहान बैठक गरी अहिले एमसिसी संसदमा पेस गर्न नसकिने बताएका थिए।

 

आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने

आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धन दलबीच बैठक निष्कर्षमा पुग्न नसकेपछि संसदमा पेश नहुने भएको हो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन्।

‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा पेस गरौं भन्नुभएको थियो। हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ। पर्सि फेरि छलफल गरौं भन्यौं,’ नेपालले भने,‘प्रधानमन्त्री आज एमसिसी संसदमा पेस नगर्न सहमत हुनुभयो।’ नेपालका अनुसार फेरि ८ गते बैठक बस्नेछ।

आजको बैठकमा नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्यो चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन्।

गठबन्धनका अरू तीन दलका शीर्ष नेताले भने आजै बिहान बैठक गरी अहिले एमसिसी संसदमा पेस गर्न नसकिने बताएका थिए।

सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बस्ने सत्तारूढ गठबन्धनको बैठकले एमसिसीबारे सकारात्मक निष्कर्ष निकाल्ने बताएका छन्।

‘पर्सि बिहान १० बजे गठबन्धनको बैठक फेरि बस्छ। त्यो बैठकले सकारात्मक निष्कर्ष निकाल्छ,’ मन्त्री कार्कीले भने।

उनले संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताए।

‘संसदमा लामो समयदेखि अवरोध छ। त्यो हटाउन प्रयास गर्नु प्रधानमन्त्रीको जिम्मेवारी हो। प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासँग कुरा गर्नुभएको हो,’ उनले भने।

बैठक आज दिउँसो १ बजे बस्दैछ।



सम्बन्धित
Loading...