६ दलिय गठबन्धनद्वारा कावासोतीमा एमसीसीको विरोधमा र्याली – फोटो फिचर
कावासोती । एमसीसीको विरोधमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको आयोजनामा आज कावासोतीमा प्रदर्शन गरिएको छ ।
पूर्वी नवलपरासीको कावासोती फलफूल चोकदेखि सभापति चोकसम्म र्याली गरिएको थियो ।
र्याली पछि आयोजित कोण सभामा नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य अशोक लम्साल अनुकुल र विप्लप नेतृत्वका नेकपाका विरबहादुर थापाले एमसीसीको बारेमा चर्चा गरेका थिए ।
उनीहरुले एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, एमसीसी सम्झौता खारेज गर जस्ता नाराहरु समेत लगाएका थिए । कोण सभा सभापति चोकमा भएको थियो ।













