प्रजातन्त्र दिवसको अवसरमा विद्यालयद्वारा सरसफाई




प्रिय धन , चोरमारा ।
आज नेपाल ग्रीन भ्याली सेकेण्डरी इङलिस स्कुल मध्यबिन्दु ८ चौरङीमा रहेको नेपाल ग्रीन भ्याली बाल क्लबले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बृहत सरसफाइ कार्यक्रम गरेको छ ।

समुदायमा सरसफाइको महत्त्व बुझाउन, विद्यार्थीहरुलाई सामाजिक कार्यक्रममा लाग्न प्रोत्साहित गर्न सो कार्यक्रम भएको विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण रानाले बताए।




विद्यालयबाट सुरु भएको सरसफाइ कार्यक्रम वडा कार्यालय, ल्होसेधारा मन्दिर हुँदै फुलबारी टोलमा रहेको दुर्गा मन्दिर परिसरमा समेत सरसफाइ गरिएको थियो ।

सरसफाई पछि आयोजित कोणसभामा बोल्दै रुपान्तरण र युवा प्रा लि का उपाध्यक्ष एवम विद्यालयका शिक्षक शिशिर गैरेले बाल क्लबले उक्त कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे ।

उनले देश जहानिया राणा शासन अन्त्य भइ विकासको नया युगमा प्रवेश गरेको दिन फागुन ७ हामीले कहिल्यै बिर्सन नहुने बताए ।

बाल क्लबले गरेको यस कार्यक्रमबाट आफू खुसी भएको कुरा विद्यालयका प्रिन्सिपल खेम चौधरीले बताए । कार्यक्रममा विद्यालयका कक्षा ७,८ र ९ मा विद्यार्थीहरु सहभागी रहेका थिए ।

 

 

 

 



सम्बन्धित
Loading...