उद्योग व्यवसायमा पनि सहुलियत कर्जा लगानी हुनुपर्छः केन्द्रिय उपाध्यक्ष गुरुङ




कावासोती । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डक प्रदेश इन्चार्ज रामबहादुर गुरुङले उद्योगी व्यवसायीलाई पनि सहुलीयत कर्जा लगानी गर्नु पर्नेमा जोड दिएका छन् ।

 

गण्डकी प्रदेश सभा सदस्य समेत रहेको गुरुङले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुले जसरी कृषिमा सहुलियत ब्याजदरमा लगानी गर्छन् त्यसरी नै अन्य उद्योग व्यवसायको क्षेत्रमा पनि लगानी गर्न आवश्यक रहेकोमा जोड दिएका हुन् ।




शनिबार नवलपुरको कावासोती स्थित सिद्धार्थ आवासीय माविको सभाहलमा आयोजित नेकपा एमाले समर्थीत नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनको उद्घाटनशत्रमा बोल्दै उनले यस्तो कुरा भएका हुन् ।

 

सरकारले उद्योगी व्यवसायीको प्रबद्र्धन गर्न कृषिमा जस्तै नीति र कार्यक्रम ल्याउन उनले माग गरे । उनले भने – सरकारको तर्फबाट अन्य क्षेत्रलाई जसरी निश्चित बजेट छुट्टिन्छ, त्यसरी नै उद्योगी व्यवसायीको क्षेत्रमा पनि बजेट बिनियोजन गर्नुपर्छ । उनले देशको समृद्धिका लागि सबैभन्दा ठूलो खम्बा नै उद्योग व्यवसाय रहेको बताए ।

व्यवसाय गर्नेले राजनिति गर्नुहुदैन भन्ने मानसिकता चिर्दै अब व्यवसाय र राजनिति संगसंगै गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय सदस्य भागिरथ सापकोटाले पार्टीले लिएको नीति समृद्ध नेपाल सुखी नेपालीको नारालाई पुरा गर्ने र समाजवाद ल्याउने शक्ति नै उद्योगी व्यवसायी हुन भन्नेमा जोड दिए । उनले उद्योगी व्यवसायी बाहेक अन्य पार्टीका जनवर्गीय संगठनबाट समाजवाद ल्याउन गाह्रो हुने जिकिर गरे ।

‘देश समृद्ध हुनु भनेको आर्थिक स्तरमा माथी उठ्नु हो । र त्यो उद्योग व्यवसायबाट मात्रै सम्भाव छ । ’ सापकोटाले भने । ‘उद्योगी व्यवसायीले स्वरोजगार बन्दै रोजगारको सृजना गर्छन् । जसबाट राष्ट्रिय पूजीँमा बृद्धि हुन्छ, अनि समृद्धि हासिल गर्न सकिन्छ ।’

 

नेकपा एमाले जिल्ला कमिटका उपसचिव यमुनाथ आचार्यले उद्योगी व्यवसायी पलायन नहुन भन्ने कुरामा संगठनले काम गर्न सुझाव दिए । व्यवसायीको हकहितमा राष्ट्रिय रुपमा बन्ने नीति नियम निर्माण गर्न संगठनले भूमिका निभाउनु पर्नेमा उनको जोड थियो ।

उनले व्यवसाय र व्यवसायीलाई धरासायी हुनबाट जोगाउने जिम्मेवारी पनि संगठनले निभाउनु पर्ने बताए ।
यस्तै जिल्ला कमिटि सदस्य भोजराज दाहालले संगठनको हित र मुलुकको रुपान्तरणमा नयाँ समिति लागोस् भन्ने शुभकामना व्यक्त गरे ।

 

यस्तै कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय सदस्य गोकुल शर्माले सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक बनाउन मेरुदण्डका रुपमा संगठन अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले कावासोती नगर कमिटि अध्यक्ष रामकृष्ण ढुङ्गानाले स्वागत मन्तव्य राखेका थिए ।

 

उद्घाटनशत्रको समापन गर्दै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रिय सदस्य तथा कार्यक्रमका अध्यक्ष रमजेन्द्र पाण्डेले सबै आयमुलक काममा लाग्न सके पाटीले लिएको समृद्धिको नारा सफल हुने बताए ।

उनले पार्टीले लिएको नीति सफल पार्न संगठनलाई सुदृढ र मजबुद बनाएर लाग्न आवश्यक रहेको बताए ।

कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका प्रतिनीधि तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

 



सम्बन्धित
Loading...