चीनको चेतावनी पछि अमेरिका पछि हट्योः एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय




अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ ।

एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग गरिरहेको आरोप उत्तरी छिमेकी चीनले लगाएको भोलिपल्ट शनिबार काठमाडौंस्थित अमरिकी दूतावासले एमसीसीको सामाग्री वेवसाइटमा राखेको छ ।




यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष भएको र यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएको उल्लेख गर्दै वेवसाइटमा यी परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको बताइएको छ ।

‘हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ’ अमेरिकी दूतावासले भनेको छ ।

अमेरिकाले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने बताएको छ ।

‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो’ विज्ञप्तिमा भनिएको छ ।

५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाइएको छ । ‘५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो’
यो दुई मुलुकबीचको साझेदारी भएको जनाउँदै अमेरिकाले यसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनमा सुधार गर्ने जनाएको छ ।

‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ’ अमेरिकाले भनेको छ ।

एमसीसीको बारेमा निर्णय गर्न आज सत्ता गठबन्धन दल वैठक बस्दै छ ।
नेकपा एस र माओवादी केन्द्र एमसीसीलाई संसदमा टेबल गर्न नरम भएका छन् । आज बस्ने संसदको वैठकमा एमसीसीले प्रवेश पाउने सम्भावना छ ।
यसैबीच आज नेकपा क्रान्तिकारी माओवादी लगायत ८ दलिय गठबन्धनले देशभर प्रशासन घेराउ कार्यक्रम गर्दैछ ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

यद्धपि अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन ।



सम्बन्धित
Loading...