एमसीसीले संसदमा प्रवेश पायो भिडियो सहित, अर्को वैठक फाल्गुन १२ गते

काठमाडौं । आइतबार संघीय संसदको प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पेश भएको छ ।
सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी पेस गरिएको हो । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो ।
मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध गरेका थिए ।
एमसीसी पेस गर्दै मन्त्री कार्कीले भने, ‘यस अनुदानबाट नेपालमा ५० लाख घरधुरी लाभान्वित हुनेछन् । एमसीसीबाट करिब ६० अर्ब रुपैयाँ अनुदान पाइने छ । यसले देशको आर्थिक, सामाजिक क्षेत्रमा टेवा पुग्नेछ ।’
अर्को वैठक फाल्गुन १२ गते दिनको १ बजे बस्ने गरी वैठक स्थगित भएको छ ।