नवलपरासीमा मदारबाबा मेला सोमबार देखि सुरु

रामकरण अम्बेडकर परासी
नवलपरासीमा बर्दघाट सुस्ता पर्व विनयी त्रिवेणी गाउंपालीका वडा नं ६ परसहिया स्थित मुस्लिम र हिन्दू समुदायको धार्मिक मेला सोबबार देखि मेला लाग्छ ।
हिन्दु र मुस्लिम धर्मको आस्थाको केन्द्र वनेको मदारबाबा धार्मिक मेला सोमबार देखि लाग्ने भएको छ ।फागुन ९ गते देखि १७ सम्म मदारबाबाको मेला लाग्छ । मेलामा यस वर्ष मौसम र सुरक्षा राम्रो रहयो भने नेपाल र भारतबाट १२ लाख दर्शनार्थी भित्रयाउने मदारबाबा मेला ब्यवस्थापक समितीका अध्यक्ष जमालु दिन अंसारीले बताए ।
अंसारीका अनुसार १२ सय वर्ष पुरानो मदारबाबाको मुख्य स्थल रहेको र मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्रकोडाँडामा रहेको छ। मेलामा आउने श्रद्धालुले बाबाको मुख्यस्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विस्वास रहेको छ।
पहाडी सडकखण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि निकै कठिन परिश्रमबाट मात्र मदारबाबाको मुख्यस्थलमा पुगिन्छ। एक सय वर्ष पहिला देखि मेला निरन्तर लाग्दै आएको छ। मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रसिध रहेको छ।
मदारबाबाको मुख्यस्थलमा पुग्नको लागि आज देखि भारतको विभिन्न स्थानबाट महेशपुर नाकाबाट आउने यात्रुहरुको भिडभाड बढीरहेको महेशपुरका स्थानिय ध्रुवनारायन बानियाले बताए ।