एमसीसीको विरोधमा नवलपुरका प्रशासन कार्यालय अगाडि धर्ना – भिडियो र फोटो फिचर सहित
नवलपुर । नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वका नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका दलहरुले नवलपुरमा प्रशासन अगाडि धर्ना दिएका छन् ।
एमसीसीको विरोधमा उनीहरुले संयुक्त संघर्ष समितिको नाममा धर्ना दिएका हुन् । उनीहरुले करिब १ घण्टा जिल्ला प्रशासन कार्यालय नवलपुरका मुल गेट अगाडि धर्ना दिएका थिए ।
धर्नामा राष्ट्रघाती एमसीसी चाहिदैन, देशबेच्न पाइदैन, राष्ट्रघाति एमसीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर जस्ता नारा लगाएका थिए ।
र्याली पछि आयोजित कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलले एमसीसी नेपालको हित र विकासका लागि नभई नेपालबाट अमेरिकाले लिन सक्ने फाइदाको लागि भएको बताए ।
उनले एमसीसी खारेज नभए देश ठूलो युद्धको भूमरीमा फस्ने चेतावनी दिए । नवलपुरमा संयुक्त संघर्ष समितिले नियमित रुपमा एमसीसी विरुद्ध खबरदारी कार्यक्रम गरी रहेको छ ।









