नवलुरमा लागुऔषध सहित १ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ जुगेपानी निवासी ३५ बर्षीय मंगल पुन लागुऔषध सहित पक्राउ परेका हुन् ।
मंगल पुनको घर कोठामा विशेष सूचनाको आधारमा खान तलासी गर्दा लागुऔषध बरामद गरेको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ ।
उनको घरबाट प्रहरीले फेनारगन २४ एम्पुल, नुफिन २२ एम्पुल, डाईजापाम २१ एम्पुल र नाम नखुलेको निलो रङको ट्याबलेट १ सय ९६ पिस बरामद गरेको हो ।
पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि अनुसन्धान थालिएको नवलपुर प्रहरीले जनाएको छ ।
