नवलपरासीमा ५ जना फरार अभियुक्त पक्राउ




नवलपरासी (पश्चिम) प्रहरीले विभिन्न मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ।

नवलपरासी जिल्ला अदालतबाट २०५६ देखि २०७० सालसम्म विभिन्न मितिमा फैसला भए पनि फरार पाँच जना अभियुक्तलाई सोमबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए।




पक्राउ पर्नेमा जालसाजी मुद्धामा दुई जना, सवारी ज्यान मुद्धा र चोरी मुद्धामा एक/एक जना छन् भने एक जना कुटपिट मुद्धामा संलग्न छन्। जिल्लाको बर्दघाट नगरपालिका, प्रतापपुर गाँउपालिका र सरावल गाँउपालिकाअन्तर्गत विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए।

सजाय फैसला भएका उनीहरुलाई १ महिना ५ दिन कैद र ३१ हजार ४ सय जरिवाना रहेको छ। पक्राउ गरीएका सबै अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र सोही अदालतबाट लगतअनुसारको कारबाही भएको उनले बताए।

प्रहरीको तथ्यांकानुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतसमेतबाट २०७८ मंसिर २८ गतेदेखि हासम्म विभिन्न मुद्धाका १४८ जना फरार अभियुक्त पक्राउ गरीसकिएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए।

 



सम्बन्धित
Loading...