नवलपुरमा नगद ४३ हजार सहित जुवातास खेल्ने ९ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले नगद ४३ हजार सहित जुवातास खेलिरहेका ९ जनलाई पक्राउ गरेको छ ।
नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका ७ अम्रसा स्थित सुर्य चौहानको खाजा घरमा जुवातास खेलेको ९ जनलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ४३ हजार ४ सय ६५ रुपैया नगद र १ बुक तास बरामद गरेको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मध्यविन्दु ७ निवासी ४९ बर्षीया गणेशप्रसाद ज्ञवाली, ४९ बर्षीय तिलबहादुर सुनारी मगर, ३० बर्षीया शिवबहादुर सोती मगर, ३० बर्षीय अमिल मल्ल, ३९ बर्षीय गुनबहादुर चौधरी, ३८ बर्षीय कर्णबहादुर महतो, ३३ बर्षीय पूर्णबहादुर थापा, ३८ बर्षीय इन्द्रध्वज मल्ल र ४० बर्षीय फत्तबहादुर सुनारी मगर रहेका छन् ।
पक्राउ परेकालाई कानुन बमोजिम कारबाही भईरहेको प्रहरीले जनाएको छ ।