पश्चिम नवलपरासीः ६ जना फरार अभियुक्त पक्राउ




नवलपरासी ११ फागुन । प्रहरीले वन मुद्धामा फरार रहेका ६ जना अभियुक्तलाई बुधबार पक्राउ गरेको छ।

नवलपरासी जिल्ला अदालतबाट २०६९ सालदेखि २०७१ सालसम्म विभिन्न मितिमा फैसला भएका अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए।




जिल्लाको सुनवल नगरपालिकाअन्तर्गत विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। ४ महिना २४ दिन कैद र ८९ हजार ५२७ रुपैयाँ जरिवाना रहेका ६ जना फरार अभियुक्तलाई आवश्यक कारवाहीको लागि बुधबार नै नवलपरासी जिल्ला अदालतमा पेश गरी अदालतबाट पनि लगत अनुसारको कारबाही भइसकेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय तथा मातहतसमेतबाट २०७८ मंसिर २८ गतेयता मात्रै विभिन्न मुद्धाका १५४ जना फरार अभियुक्तलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाही गरिसकिएको प्रहरी नायव उपरीक्षकसमेत रहेका सूचना अधिकारी शाहीले जानकारी दिए।

 



सम्बन्धित
Loading...