फाल्गुन 1६ देखि नवलपुरमा देवचुली महोत्सव




नवलपुर । फाल्गुन १६ गतेदेखि २८ गतेसम्म नवलपुरमा देवचुली महोत्सव हुने भएको छ ।

नवलपुरको देवचुली नगरपालिकामा तेस्रो देवचुली महोत्सव हुन लागेको हो ।




देवचुली उद्योग वाणिज्य संघको आयोजनामा र नव प्रगति युवा क्लब, प्रगतिनगर बजार व्यवस्थापन समितिको सह–आयोजनामा महोत्सव हुन लागेको हो ।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाका अनुसार देवचुली १० प्रगतिनगर पावर हाउसमा महोत्सव हुने जानकारी दिए ।

 

कोभिडले थला पारेको कृषि र पर्यटनलाई उकास्नका लागि महोत्सवको आयोजना गरिएको उनले बताए ।

महोत्सव पश्चात यहाँको व्यवसाय, कृषि र पर्यटनलाई पनि थप सहज हुनेमा विश्वसत राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

 

महोत्सवमा करिब १ सय ५० प्रदर्शनी स्टल रहने छ । महोत्सवमा थप आकर्षणका रुपमा बालउद्यानसहित विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन् ।

 

 

 



सम्बन्धित
Loading...