नवलपुर सहित कांग्रेसको १६ जिल्लाको अधिवेशन फाल्गुन २० लाई सर्यो

नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ।
कांग्रेसले बुधबार एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो। अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ।
फागुन १५ गते ती जिल्लामा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका थियो।
नवलपुर सहित १0 जिल्लाको अधिवेशन फागुन २० लाई सरेको हो । नवलपुरमा भने फाल्गुन १९ र २० गते हुने तयारी छ ।
निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको हो।
यस्तै महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने समितिले जनाएको छ ।