जातिय छुवाछुत र भेदभाव मुद्दामा एक जना पक्राउ तीन जना फरार




रामकरण अम्बेडकर –
परासी । पश्चिम नवलपरासीमा जातिय तथा अन्य समाजिक छुवाछुत र भेदभाव मुद्धामा एक जना पक्राउ परेका छन्र भने तीन फरार रहेका छन ।

जातिय तथा अन्य समाजिक छुवाछुत र भेदभाव मुद्धामा चार जना मध्ये रेशम खडकालाई मात्र पक्राउ गर्नको लागि नवलपरासी जिल्ला अदालतको एक नम्बर ईजलाश पक्राउ गर्न अनुमती दिए पछि पक्राउ गरेको जिल्ला प्रहरी पश्चिम नवलपरासीके मुद्दा शाखाले जनाएको छ ।




रेशम खडकालाई मंगलवार पक्राउ गरी सोहि दिन तीन दिनको म्याद थप गरेका छौ । अन्य तीन जना फरार रहेका छन ।

 

यस्तो थियो घटना

पश्चिम नवलपरासीमा तीन वर्ष देखी प्रेम विवाह गरी जिवन यापन गर्दै आएका छौ हाम्रो दम्पत्य जिवन बाट एक सन्तान जन्मेको छ मैले दलित केटी संग विवाह गरेको कारण मेरो घर परिवार सुईकार गरेका छैन्न । दल्लो जातिको महिला लाई आफनो पतनि बनाएको भन्दै हजुर आमाको मृत्यु पछि मृत्क शरिरलाई सदगत गर्न रोकेको पवन खडकाले बताए ।

खडकाका अनुसार दागबत्ती दिन जादा विपक्षी मध्येको रमेश खडकाले धक्का दिई तं कामी केटी सित विवाह गरे छौ तैले लास छुन पाउदैन तं निच अछुत हो बोल्दै हजुर आमाको लास छुन दिएन्न मैले जबरजस्ती सदगत गरेको हो दलित केटी संग प्रेम विवाह गरेको कारण हजुर आमाको मृत्यु पश्चात दाहशस्कार गर्न जादा धक्का मुक्की।

शवलाई सदगत गरी घर आए पछि गर्नु पर्ने समाजिक तथा परम्परागत रितीरिवाज अनुसारको कृया कर्म हामी सबै परिवार एक साथ गर्न लाग्दा कृया बस्ने ठांउबाट विपक्षीहरु मध्ये रेशम खडका मनकुमारी रमेश रामु खडका धक्का दिएर भाग्न भनी हटाई दिएको मिनाकुमारी क्षेत्रीले बताएकी हो ।

धर्म परम्परा अनुसार एक बंश तथा पुस्ता भित्रका नातेदार १३ दिन सम्म जुठो बार्ने नुन बार्ने महिलाहरुको महिलामा पुरुषहरु पुरुषको समुहमा संगै नुहाउने एउटै भाडामा पकाएको एक साथ खाना खाने संगै कृया बस्ने जस्ता तमाम रितीरिवाज परम्परा अनुसार गर्नु पर्ने रहेको पिडित वि∙ क∙ महिलाले बताएकी हो ।

मेरो जेठा ससुरा पर्ने रेशम खडकाले मेरो पति पवन खडका लाई धक्का दिदै निच अछुत कामीलाई यहां सहभागी हुन दिएन्न पिडितले बताएकि हुन ।

म दलित केटी संग विवाह गरी भित्रयाउने मलाई स्वीकार गर्ने मेरी सासु नन्दा मेरो पति समेत लाई निच अछुत शुद्र लगायत नाना थरिका अभद्र अशब्द प्रयोग गरी पितृ कार्य गर्नबाट हालसम्म बन्चित गराएका छन जाहेरवाली महिलाले बताएकि हुन ।

 

 



सम्बन्धित
Loading...