एमसीसी विरोधी आन्दोलन राजधानी केन्द्रित गरिदै, आन्दोलनकारीले काठमाडौंमा शक्ति केन्द्रित गर्दै

काठमाडौं । राष्ट्रघाती एमसीसीको विरुद्धको आन्दोलन काठमाडौं राजधानी केन्द्रित गरिदै लगिएको छ ।
एमसीसी विरोधी आन्दोलनमा सहभागीहरुले काठमाडौंको आन्दोलनलाई सशक्त बनाउन देशभरबाट आन्दोलनकारीहरुलाई काठमाडौं केन्द्रित गर्न शुरु गरेको छ । कतिपय जिल्लाहरुबाट आज रातिसम्ममा आन्दोलनकारीहरु काठमाडौं छिरिसकेको छ ।
काठमाडौंमा यतिबेला संयुक्त संघर्षसमितिको नाममा नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा अग्रमोर्चामा छ भने देशभक्त युवाहरु पनि अग्रमोर्चामा खटिएर आन्दोलनमा खटिएका छन् ।
नेकपा र क्रान्तिकारी माओवादीले देशभरबाट आफ्ना कार्यकर्ताहरु काठमाडौं लगेका छन् ।
त्यसका अलवा नेकपा माओवादी केन्द्रका पनि दैनिक जसो आन्दोलनमा उत्रिएका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी पनि आन्दोलनमा उत्रिएका छन् ।
अमेरिकाले फाल्गुन १६ गतेभित्र एमसीसी पास गर्न अन्तिम मिति दिएको र अब एमसीसी पास गर्न संसदमा रस्साकस्सी चल्ने भएकोले पनि काठमाडौं र विशेष गरी संसद भवन वरपर केन्द्रित आन्दोलन चर्काउन आन्दोलनकारी निरन्तर अभियानमा लागेका छन् ।
नेपाली काँग्रेस भित्र एमसीसी पास गर्न एक मत देखिएको छ भने नेकपा एमालेले आफ्नो माग पुरा गरे एमसीसी पारित गर्न सघाउने सर्त काँग्रेस सामु राखेको छ ।