पश्चिम नवलपरासीमा कलाकार मञ्च गठन

पप्पु रेग्मी –
आमबास ,फागुन–१४ –
पश्चिम नवलपरासी जिल्लाका विभिन्न विधामा रहेका कलाकारहरुको बर्दघाट – २ आमबासमा शनिवार भएको भेलाले ‘जिल्ला कलाकार मञ्च’ गठन गरेको छ ।
कलाकार एवं संगीतकार लोक बहादुर मिजारको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
जस्को उपाध्यक्षमा राम श्रेष्ठ, कोषाध्यक्षमा सीता देवी रग्मी, सचिवमा भुप नारायण चौधरी, सह–सचिवमा प्रल्हाद चौधरी रहेका छन भने सदस्यहरुमा क्रमशः, शंकर श्रेष्ठ, आतित थापा, विर बाहादुर रसाईली, विन्दु सिंह, सम्झना महतो र उमा शंकर भर रहेका छन ।

सो भेला वरिष्ठ गायक तथा संगितकार केदार पाण्डको अध्यक्षतामा भएको थियो । गायक तथा संगिताकार राम श्रेष्ठको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन गायक मदन विष्टले गर्नु भएको थियो ।
सोअवसरमा उत्तम ध्वज के.सी., राज श्रेष्ठ, सुखाडी चौधरी लगाएतले कालाकारहरुको अधिकार खाेजेकाे होईन कि, पहिचान राख्नकोलागि मञ्च गठन गर्न आवश्यकता रहेको बताएका थिए ।
