एक किलो सुनसहित दुईजना पक्राउ


 



१५ फागुन । एक किलो सुनसहित विमानस्थलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको १ हजार १६५ ग्राम तौल भएको सुनको १० थान सिक्रीसहित प्रहरीले सुनसरी इटहरीका कमल घिमिरे र लक्ष्मण गुरागाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

 




गुरागाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा हुन् ।

 

फ्लाई दुवईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

दुवै जनालाई थप अनुसन्धान र कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।

 



सम्बन्धित
Loading...