बलात्कारपछि हत्याका आरोपी सार्वजनिक गर्दै प्रहरी


 



मोरङको लेटाङ नगरपालिका–८ कि १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक जनालाई आइतबार सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

 

जाते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाको बुधबार स्कुलबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले लेटाङ– ८ का  ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको थियो ।

 




पक्राउ परेका गिरीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतको अनुमति लिइसकेको छ।

 

जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार दिउँसो सवा २ बजे पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयका डीएसी मन्जिल मुकारूङले जानकारी दिए ।

 

बुधबार स्कुलबाट फर्कने क्रममा बेपत्ता भएकी बालिकाको शव शुक्रबार बिहान विभत्स अवस्थामा फेला परेको थियो ।

 

जंगलको बाटो एक्लै घर फर्कने क्रममा गिरीले बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीको दावी छ ।

 



सम्बन्धित
Loading...