पल विरूद्ध अर्काे किटानी जाहेरी नवलपुरमा




अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित समिक्षा अधिकारी नवलपुर आएकी छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटमा आफन्तसहित आएर अधिकारीले किटानी जाहेरी दिएकी हुन् ।

 




दिउसो २ वजे किटानी जाहेरी लिएर अधिकारी कार्यालय आएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले बताइन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दर्ता भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

आरोपित पल शाहलाइ तनहुँबाट झिकाएर अनुसन्धान गरिने उनले जानकारी दिए ।

 

गैडाकाेट रिसाेर्टमा पहिलाे करणी भएकाे स्थानकाे आधारमा उनका परिवार यहाँ आएका हुन् ।



सम्बन्धित
Loading...