एमसिसी अनुमोदनको विरोधमा ८ दलले गरे ब’न्द, यात्रुलाई सा’स्ती, नवलपुरमा पनि ब’न्दको प्रभाव




संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ।

आइतबार संसदबाट एमसिसी अनुमोदन भएको थियो।




काठमाडौं उपत्यकामा भने यातायातका साधनहरू चलेका छन्।

बन्दले दाङका सडक सुनसान छन्। सवारी साधन चलेका छैनन् भने बजार खुलेका छैनन्। यात्रुहरू हिँडेरै गन्तब्यमा जान बाध्य छन्।

चोकमा बन्दकर्ता बसेका छन्। प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएका छन्।

दाङका एसपी सुरेश काफ्लेले पूर्वपश्चिम राजमार्गमा स्कटिङ गरेर लामो दूरीका सवारी साधन गन्तब्यतर्फ पठाइएको बताए।

 

यस्तै झापामा पनि बन्दको प्रभाव देखा परेको छ। यातायातका साधन चलेका छैनन्। पूर्वपश्चिम राजमार्गमा बिहानैदेखि सुनसान छ।

नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका थिए।

६ कम्युनिष्ट पार्टी र २ मोर्चा मिलेर संयुक्त रूपमा आज बन्द गर्दा सर्वसाधारणले भने दु:ख र हैरानी खेप्नुपरेको छ।

 

नवलपुरमा पनि बन्दको प्रभाव

 

यता पूर्वी नवलपरासीमा पनि बन्दको प्रभाव परेको छ । सडकमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेको छैन भने केही छिटफुट मात्रामा मालबहाक ट्रकहरु चलेका छन् ।

त्यसैगरी बजार पसलहरु छिटपुट मात्रामा खुलेका छन् ।

नवलपुरमा विद्यार्थीहरुले विहान खुलेका कलेजहरुको पठनपाठन बन्द गराएका छन् ।

त्यसैगरी पश्चिम नवलपरासीमा पनि बन्दको प्रभाव गरेको छ ।



सम्बन्धित
Loading...