नवलपुरमा दुई जना आन्दोलनकारी पक्राउ


 



राष्ट्रघाती एमसीसीको विरोधमा ८ दलले गरेको आजको नेपाल बन्दको क्रममा ठाउँठाउँमा झडप भएको छ । कतिपय ठाउँमा आन्दोलनकारी घाइते भएका छन् भने देशभरबाट १ दर्जन बढी कार्यकर्ताहरु पक्राउ परेका छन् ।

यसैबीच पूर्वी नवलपरासीको पुरानो कावासोतीमा टायर बाल्ने क्रममा दुई जना आन्दोलनकारी पक्राउ परेका छन् ।




नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुलका अनुसार नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका जिल्ला सेक्रेटरी भिमाद मगर र नेकपा क्रान्तिकारी माओवादी निकट राष्ट्रिय युवा लिगका इलाका सदस्य मनिस विक पक्राउ परेका छन् ।

 

आन्दोलनकारीले बन्दको पूर्व सन्ध्यामा हिजो साँझ पनि पुरानो कावासोतीमा टायर बालेर प्रदर्शन गरेका थिए ।

आन्दोलनकारीले कावासोतीको फलफूल चोक, दलदले, चोरमारा लगायतका चोकचोकमा जम्मा भएका छन् ।

यता पूर्वी नवलपरासीमा पनि बन्दको प्रभाव परेको छ । सडकमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेको छैन भने केही छिटफुट मात्रामा मालबहाक ट्रकहरु चलेका छन् ।

 

त्यसैगरी बजार पसलहरु छिटपुट मात्रामा खुलेका छन् ।

नवलपुरमा विद्यार्थीहरुले विहान खुलेका कलेजहरुको पठनपाठन बन्द गराएका छन् ।

त्यसैगरी पश्चिम नवलपरासीमा पनि बन्दको प्रभाव गरेको छ ।



सम्बन्धित
Loading...