बर्दघाटमा दुई करोडको सिचाई डिप बोरिङ्ग




बर्दघाट । कृषि प्लट सिचाईका लागि बर्दघाट नगरपालिका वडा नम्बर १६ मा दुई करोड लागतका दुई वटा डिपबोरिङ निर्माण हुने भएको छ।

डिप बोरिङको आईतवार बर्दघाट १६ का वडा अध्यक्ष सुक बहादुर गुरुङले बोरिङको शिलान्यास गरे ।

 




बर्दघाट १६ को सुर्यनगरमा संघीय सरकारको १ करोड र सर्दी टोलमा प्रदेश सरकारमार्फत बिनियोजित १ करोड रकम गरी दुई करोड लागतमा दुई वटा डिप बोरिङ निर्माण हुन लागेको वडा अध्यक्ष गुरुङले जानकारी दिए।

अध्यक्ष गुरुङले अझै पनि अधिकांस व्यक्तिहरु कृषिमा निर्भर छन तर सिचाईको उचित प्रवन्ध नहुँदा किसानहरु निर्वाहमुखी खेती गर्न बाध्य रहेको बताए ।

 

उनले बेमौसमी खेती, व्यवसायिक तरकारी खेतीतर्फ किसानहरुलाई प्रोत्साहन गर्न सिचाईको व्यवस्था गर्न लागिएको बताए ।

दुईृ वटा डिप बोरिङबाट करिब १ सय बिघा जमिन सिंचित हुने बताईएको छ।

 



सम्बन्धित
Loading...