आदिबासी जनजाति महासंघ शिवराजकाे नेतृत्वमा थामी


राम अवतार चा‌ैधरी कपिलवस्तु,



नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको शिवराज नगर स्तरीय भेला तथा अधिवेशन सम्पन्न भएकाे छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटामा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट जनवर्गीय संगठनकाे शनिबार सम्पन्न भेलाले प्रदीप थामी मगरको नेतृत्वमा २७ सदस्यीय कमिटी चयन गरिएको आयोजकले जनाएकाे छ ।

जसको उपाध्यक्षमा माधवराज थारु, सचिवमा खेमराज थापा मगर, सह–सचिवमा गुञ्जा थारु र कोषाध्यक्षमा कृष्ण कुमारी राना मगरलाई चयन गरिएको नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष कृष्ण बहादुर सोमैले जानकारी दिए ।




नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ प्रदेश सचिवालय कमिटी सदस्य जञ्जिर प्रसाद थारुले पार्टीलाई बलियो बनाउन र अब आउने निर्वाचनमा लोकतान्त्रिक आदिबासी जनजातिको महासंघको महत्वपूर्ण रहेको बताउँदै आदिबासी जनजातिहरुको कला, संस्कृति र पहिचान जोगाउन लाग्नुपर्ने बताए ।

हाल देशको राजनीति अवस्था र समसमायिक गतिविधि तथा क्रियाकलापको विषयको बारेमा उनले प्रकाश पारे । सबैले विभिन्न माध्यमबाट पार्टीमा आबद्ध भई सक्रियतापुर्वक लाग्नुपर्नेमा सदस्य थारुले जाेड दिए । नवगठिन कमिटीका पदाधिकारीहरुलाई शुभकामना दिँदै सबैलाई एकताबद्ध हुन उनले अनुरोध समेत गरे ।

यसैबीच नेकपा एमाले जिल्ला उप–सचिव अर्जुन कुमार केसीले आदिबासी जनजातिलाई हरेक क्षेत्रमा सहभागिता बढाउन आवश्यक रहेको बताए । एमाले जिल्ला कमिटी सदस्य कुमारी थारुले भेलालाई सम्बाेधन गर्दै समुदायलाई गोलबद्ध गर्न सकेमा कसैले पनि हराउन नसक्ने जनाए । त्यसैगरी नेकपा एमाले शिवराज नगर अध्यक्ष जगत पौडेलले अन्य पार्टीको तुलनमा एमाले देशको समृद्धि र विकासको लागि हरेक कार्य योजनालाई अगाडि सारेकाे उनले बताए ।

नेकपा एमालेको केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वको विकासको भिजनले छोटो समयमा देशको समृद्धि सराहनीय परिवर्तन आएको जनाए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले शिवराज नगर उपाध्यक्ष महादेव पोख्रेलले एमाले पार्टीले सबैको हकहितमा राष्ट्रको रक्षा गर्ने, गरिब जनता र सर्वहारा वर्गको पक्षमा सधैँ वकालत गर्ने पार्टी भएको जिकिर गरे ।

उक्त कार्यक्रमलाई नेकपा एमाले जिल्ला सदस्य मञ्जु चौधरी, नेकपा एमाले जिल्ला कमिटी सदस्य उमा शंकर चौधरी, आदिबासी जनजाति महासंघ जिल्ला कमिटीका सदस्य कुल बहादुर सोमै लगायतले सम्बोधन गरेका थिए ।



सम्बन्धित
Loading...