हर्कपुरमा रहेको दाहसंस्कार स्थलमा रोटरीद्वारा सोलार बत्ती जडान


रोटरी क्लब अफ भरतपुरले गैँडाकोट नगरपालिका–१२ हर्कपुरको दाहसंस्कार स्थलमा सोलार प्यानल बत्ती जडान गरेको छ ।



रातको समयमा घाटमा आउने÷जाने मलामीहरूलाई अध्यारोमा जंगली जनावरको आक्रमण समेतबाट सुरक्षित हुनको लागि सोलार प्यानल बत्तीको माग भएकोले सो बत्ती जडान गरिएको हो ।

घाट उपभोक्ता समितिलाई क्लबका अध्यक्ष राजेन्द्रकुमार पियाले सुनबर्षा सम्सानघाट व्यवस्थापन समितिका अध्यक्ष फौजबहादुर महतोलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा रोटरी क्लब भरतपुरका उपाध्यक्ष भूपेन्द्र बस्नेत, क्लबका पब्लिक इमेज निर्देशक डा कृष्णसागर शर्मा तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।




स्थानीय तथा समितिका सदस्य धनेश्वर तिवारीले स्वागत गर्दै यो सेवाबाट तीन हजार घरधुरी लाभान्वित हुने बताए । सम्सान घाट समितिका अध्यक्ष महतोले रोटरीले अँध्यारो हटाई, स्थानीयलाई सेवा दिएकोमा खुसी व्यक्त गरे । संगम ईलेक्ट्रिकल कन्सल्टेन्सीले स्विडेनमा निर्मित ६०० वाटका दुई सेट सोलार प्यानेल, बत्ती उपलव्ध गराई जडान गरिदिएको हो ।

 



सम्बन्धित
Loading...