चन्द्रागिरिमा कुखुराको खोरमा भेटियो चितुवा




काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ मा कुखुराको खोरमा अड्किएको अवस्थामा चितुवा फेला परेको छ ।

खोरमा खुट्टा अड्किएको अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय हात्तीसारको टोलीले उद्धार गरेको छ ।

 




सो चितुवालाई उद्धार गरेर सदर चिडियाखाना जावलाखेल पठाइएको महानगरीय प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।

 

गएराति करिब नौ बजेतिर चितुवा अड्किएको अनुमान छ । सो चितुवालाई करिब १२ घण्टा पछाडि आज बिहानमात्र उद्धार गरिएको छ ।

 

सदर चिडियाखाना लगेर चितुवाको स्वास्थ्य जाँच गरिने र जंगलमा छाड्ने/नछाड्ने बारे निर्णय लिइने वन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...