नवलपुरमा बन्चरो प्रहार गरी आफ्नै श्रीमानको हत्या


 



नवलपुरमा,श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा रहेकी छन् ।

 

६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 




श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...