युवा संघका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार गम्भिर घाइते


 



काठमाडौंको बानेश्वरमा अछामका एक युवामाथि खुकुरी प्रहार भएको छ।

 

बुधबार बिहानै बानेश्वर हाइटमा ३१ वर्षीय कमलसिंह बोगटीमाथि उनकै साथीले खुकुरी प्रहार गरेका हुन्।

 




खुकुरी प्रहारबाट बोगटीको ढाड, पेट र कुममा गहिरो चोट लागेको छ। सिभिल अस्पतालमा उपचारपछि उनी घर फर्केका छन्।

 

प्रहरीले भने यो घटना गोप्य राखेको छ। खुकुरी प्रहारमा कपील भण्डारी संलग्न रहेको पीडितले बताएका छन्।

 

अछामकै भण्डारी अहिले फरार छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले भण्डारीको खोजी गरिरहेको बताएको छ।

 

घाइते बोगटी नेकपा एमालेको युवा संघका केन्द्रीय सदस्य हुन्।

 

बोगटी र भण्डारी पहिले सँगै एउटै कोठामा बस्थे। खुकुरी प्रहार गर्नुको कारण खुलिनसकेको परिसरले जनाएको छ।

 

‘हामी आरोप लागेका व्यक्ति खोजी गरिरहेका छौं,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’



सम्बन्धित
Loading...