नवलपुरमा प्रहरीलाई हातपात गर्ने चार पक्राउ




नवलपरासी । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका ३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।




प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपश्चात प्रहरीले सम्झाईबुझाई गर्दा प्रहरीलाई समेत हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरिएको हो ।

 

हातपातबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरू मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार पश्चात डिस्चार्ज भएका छन् । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...