एमसीसीले विद्युत् बेचेर नेपालको अर्थतन्त्र मजबुत बनाउँछ

एमसीसी संसद्बाट अनुमोदन भएपछि धेरै परिदृश्य सतहमा आएका छन् । त्यसमध्ये एउटा महत्वपूर्ण पक्ष हो, अन्तर्राष्ट्रिय सम्बन्ध । एउटा राजनीतिक चश्मा लगाएर अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्ने, स्कुलिङ मार्फत अन्तराष्ट्रिय सम्बन्ध र विकासका परियोजनाहरुलाई हेर्ने ।
यो दृष्टिकोण नेपालमा अबको समयमा सफल हुँदैन भन्ने उदाहरण पनि एमसीसीबाट सिर्जना गरेका छौँ । हामी अझै सन् १९५० को ‘कोल्ड वार’को चश्मा लगाएर हेर्छौ । आजको विश्व व्यवस्था ‘कोल्ड वार’ को सन्दर्भ जस्तो छैन ।
राजनीतिक रुपमा कोल्डवारसँग नजिक भएता पनि आर्थिक रुपमा खुल्ला छ, आजको कम्युनिष्ट । यसले गर्दा त्यसबेलाको सन्दर्भबाट आजको व्यवस्थालाई हेर्नु पनि समय सान्दर्भिक हुँदैन । हामीले नयाँ तरिकाले हेर्न सिक्नुपर्छ । असंलग्नताको कुरा यसैमा जोडिन आँउछ । असंलग्नता एउटा कोल्डवारको जवाफ थियो ।