ओलीलाई दनक पुगेको छैन : प्रचण्ड




नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

 

बुधबार राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले ओलीलाई खलनायक भन्दै आलोचना गरेका हुन् ।

 




उनले अघि भने, ‘हुन त पोहोर दनक दिएकै हो । बालुवाटारबाट बालकोट पुर्‍यायौं । तर अझै पुगेको छैन ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई दुई पटकको प्रतिनिधिसभा विघटन अन्तरराष्ट्रिय सेटिङ अनुरुपको भएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सहभागितामा भएको सो सेटिङ​लाई आफूहरुले भत्काउन सफल भएको प्रचण्डले बताए ।

 

बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि उल्ट्याउने षड्यन्त्र अनुरुप विघटन गरिएको थियो ।
त्यसमा ठूलो अन्तरराष्ट्रिय सेटिङ अन्तरगत थियो । देशभित्र पनि प्रतिक्रियावादीहरुको सेटिङ अन्तरगत थियो । तर हामीले सशक्त रुपमा जनतामा अपील गरेपछि उनीहरुको सेटिङ सफल हुन पाएन ।
’ प्रचण्डले कम्युनिस्टहरुबीचको एकतालाई धेरैले स्वीकारेपनि केपी ओलीको कार्यशैलीले नेकपा विभाजित बनेको बताए ।


सम्बन्धित
Loading...