चितवनः गैंडाले आक्रमण गर्न खोज्दा भाग्ने क्रममा पोखरीमा डुबेर शैनिककाे मृत्यु




सेनाको गस्ती टोली राष्ट्रिय निकुञ्जभित्र गस्ती गर्दै जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा भाग्ने क्रममा पोखरीमा डुबेर एक सैनिक जवानको मृत्यु भएको छ ।

 

बिहीबार बेलुकी ७ः४५ बजेको समयमा भरतपुर महानगरभित्र रहेको चितवन राष्ट्रिय निकुञ्जको खड्ग दल गण कोर इलाकाको साइली माइली पोष्टबाट सुरक्षार्थ खटिएका हुद्दा भोजबहादुर थापाको कमाण्डमा खटिएको सेनाको गस्ती टोलीलाई एक्कासि गैँडाले आक्रमण गर्न खोज्दा खोटाङ गाउँपालिका ४ घर भई हाल सोही पोष्टमा कार्यरत नेपाली सेनाका २६ वर्षीय जवान पवन कटुवाल निकुञ्जभित्र रहेको दलदले पोखरीमा अतालिएर हाम फाल्दा डुबेर मृत्यु भएको हो ।

 




पोखरीमा डुबेर सैनिक जवानको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फूलबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थल तथा लास जाँच मुचुल्का तयार गरी थप अनुसन्धान कार्य भइरहेको प्ररहीले जनाएको छ ।

 



सम्बन्धित
Loading...