नवलपुरमा मर्यादा विपरित रङ्ग लगाए, लोला हाने कारवाही







कावासोती । होलीमा कसैलाई इच्छा विपरित रङ्ग लगाएर ,लोला हाने कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले एक सूचना जारी गर्दै होलीलाई मर्यादित बनाउँदै आपसी सदभाव र सौहार्दता कायम गरि होली मनाउन शुभकामना समेत दिनु भएको छ ।

 

साथै पर्व मनाउँदा एक अर्काको इच्छा विपरित होलीको बहानामा जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने लगायतका कार्य नगर्न अनुरोध गर्नुभएको छ ।

 

यदि कोही कसैबाट त्यस्तो कार्य भएमा प्रचलित कानून अनुसार कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

 

होली पर्व पहाडमा बिहीबार र तराईमा शुक्रबार मनाइदै छ । नवलपुरको पहाडी क्षेत्रमा बिहीबार र तराई अर्थात राजमार्ग क्षेत्रमा शुक्रबार होली मनाउने गरिन्छ ।

 

 



सम्बन्धित
Loading...