क्यारोलिना बिलाविस्का यस वर्षकी मिस वर्ल्ड, नम्रता श्रेष्ठ शीर्ष ३० बाट बाहिरिइन्
पोल्याण्डकी क्यारोलिना बिलाविस्का मिस वर्ल्डको ७० औं संस्करणकी बिजेता बनेकी छिन् । कार्यक्रम प्योर्टो रिकोमा आयोजना भएको थियो । उनी मिस वर्ल्स २०२१ की बिजेता हुन् ।

ताज पहिराउने कार्यक्रम प्योर्टो रिकोको सान जुआन कोका कोल म्युजिक हलमा आयोजना भएको थियो ।
क्यारोलिना मिस वर्ल्डकी बिजेता बनिराख्दा युनाइटेड स्टेट्सकी श्री साइनी फर्स्ट रनर अप भइन् भने कोट डी आइवरकी ओलिभिया येश सेकेन्ड रनर अप भइन् ।

जमाइकाकी टोनी एन सिङले मार्च १७ मा आफ्नो उत्तराधिकारीको रुपमा क्यारोलिना बिलाविस्कालाई ताज पहिराइन् ।

मिस वर्ल्डको प्रतिस्पर्धामा भाग लिएकी नेपालकी नम्रता श्रेष्ठ शीर्ष ३० बाट बाहिरिएकी थिइन् ।