जनप्रतिनिधि र राजनीतिक दलकै संरक्षणमा सुनवलमा हुन्छ नदी दोहन – फोटो फिचर


 



नवलपरासी । पश्चिम नवलपरासीको सुनवलको तुरिया खोलाबाट नदी जन्य वस्तुको चोरी तथा दोहन व्यापक बढेको छ । स्थानीय तह अर्थात स्थानीय सरकारको मुख्य आम्दानीको स्रोत मानिने नदीजन्य वस्तुको बेलैमा ठेक्का नखोल्नु र चोरी तथा दोहन नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुग्दा चोरीका घटना बढेका हो ।

 

अहिले कुनै पनि ठेक्का नगएको समयमा पनि रात दिन नदीजन्य वस्तुको खुलेआम चोरी निकासी भएता पनि नगरपालिकाका, प्रहरी र प्रशासन मौन देखिएको छ ।

 




तुरिया खोला पुलदेखि उतरतर्फ ५ सय मिटरमै नदीजन्य पदार्थ चोरी हुन्छ तर सम्बन्धित निकाय भने मुख्दर्शक बन्छ । खोलामा ढुङ्गा, गिट्टी, बालुवा चोरी भएको प्रष्ट तुरिया पुलबाट देखिन्छ । तर स्थानीय सरकारका जनप्रतिनिधि उक्त दोहनलाई देखेको नदेखेझै गरेर बसेका छन् ।

 

स्थानीयले कार्यवाहक नगरप्रमुख दधिराम अर्याल र सुनवल नगरपालिका ४ का वडा अध्यक्ष विरबहादुर गुरुङ यस घटनाका प्रत्यक्षदर्शी भएपनि आउँदो निर्वाचनका कारण भोट गुम्ने आशमा मुकदर्शक बस्ने गरेको आरोप लगाउँछन् ।

 

खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन एवम् चोरी निकासी दिनरात बराबर हुने गरेको पाइएइको छ । नदिजन्य पदार्थ चोरी गर्ने टोली नै छन र टोलीले खोलामा जाने बाटोमा प्रहरी आए खबर गर्न सुराकी नै राखेर खुलेआम तस्करी गरेका छन् ।

 

राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताकै सबैभन्दा बढी मात्रमा ट्याक्टरहरु रहेका र उनीहरुकै ट्याक्टरहरुले बढी चोरी निकासी गर्ने गरेको उनीहरु बताउँछन् ।

ढुंगा, मिस्कट, बालुवा जस्ता नदीजन्य पदार्थ दोहन गर्ने सुनवल राजनीतिक दलका कार्यकर्ताका साथै केही सप्लायर्स र केही ब्यक्तिहरु निक्कै अग्रसर भएर लागेका छन् ।

 

उद्योग बाणिज्य संघ सुनवलको अध्यक्ष तथा नेपाली कांग्रेसका नगर उपसभापति रमेश कर्माचार्य, तरुण दलका जिल्ला उपसभापति गोपी पुन, नेपाली कांग्रेस कार्यकर्ताहरु बिपिन ठकुरी, हर्क राना, सुमन थापा, लालहरि श्रेष्ठ, नेकपाका कार्यकर्ता विजय कर्माचार्य, राष्ट्रिय प्रजातान्त्र पार्टीका कार्यकर्ता राम देव राई, राधिका बस्नेत लगायतका राजनीतिक दलको नेताहरुले नदी कटान, खोला दोहन रोक्नुको सट्टा आफै खोला दोहनमा व्यस्त छन ।

 

नदीजन्य वस्तु दोहन गरेका सवारी साधन सुनवलको मुख्य चोकबाट दौडिदा सुनवल चोकमा रहेको ट्राफिक र नेपाल प्रहरीले देखे पनि उनीहरु समेत मुखदर्शक बन्ने गरेका छन् ।

 

सुनवल नगरपालिकाले बेलैमा खोलाको टेण्डर नगर्दा चोरी बढेको हो । चोरी गर्ने अधिकांस खोलकै किनारमा बस्ने स्थानीय पनि छन् । त्यस्तै स्थानीयबासीहरुले तुरिया खोलाको पश्चिम, पूर्ब तर्फबाट ढुंगा निकासी गरिरहँदा आफ्नो क्षेत्र भन्दा बाहिर गई चुरे क्षेत्रबाट समेत ढुंगाा निकासी गर्ने गरेको आरोप लगाउँदै खोलाबाट नदिजन्य पदार्थ उत्खनन् गर्दा खोला भासिएर धेरै गहिरो र तुरिया पुल पनि भासिएको हुदा सो खोलाले खोला किनारको आवादि नम्बरी जग्गालाई निकट भविष्यमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन ।

 

 



सम्बन्धित
Loading...