आदिवासी जनजाति महासंघको महाधिवेशन नवलपुरमा चैत्र ९ र १० गते

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघको दशौं राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोतीमा चैत्र ९ र १० गते हुने भएको छ ।
महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङ्गले बताए ।
महाधिवेशनमा देशभरका ७५ जिल्ला र ५९ जातीय संस्थाबाट गरी करिब ६ सय जना प्रतिनिधि र प्रवेक्षकहरुको सहभागिता रहने छ ।
महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिने छ । त्यसैगरी आदिवासी जनजाति महासंघको आगामी रणनीति पनि पास गर्ने छ ।
महाधिवेशनको उद्घाटनका दिन कावासोतीको फलफूल चोकदेखि महाधिवेशन उद्घाटन स्थल पानस पार्टी प्यालेससम्म विभिन्न जातजातिका झाँकी सहितको र्याली गरिने छ ।