दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुङ्गाले लागेर निधन

दैलेख – दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुङ्गाले लागेर दैलेखमा एक जनाको ज्यान गएको छ ।
भगवतीमाई गाउँपालिका ६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) खगिराम सारुले जानकारी दिए ।
घर नजिकैको दाडीखोला जङ्गलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेकाे ढुङ्गाले टाउकाेमा लागेर घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएकाे असई सारुले बताउनुभयो ।
खत्री भाइ र छिमेकीसहित दाउरा काट्न जङ्गलमा जानुभएकाे थियाे ।
पल विरुद्ध १२ देखि १४ बर्ष कैद र ४ लाख क्षतिपूति मागदावी सहित नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता