ट्याक्टरबाट खसेर युवकको मृत्यु


 

 



भक्तपुरमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ।

 




मृत्यु हुनेमा उदयपुर गाइघाट घर भई हाल ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्की छन्।

 

सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेका कार्कीको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

 

काठमाडौंबाट भक्तपुर जाँदै गरेको ट्याक्टरबाट मध्यपुर थिमी नगरपालिका-३ कौशलटार चोकनजिक कार्की राति ९:२० बजे सडकमा खसेका थिए।

 

समिट अस्पतालमा सामान्य उपचारपछि ट्रमा सेन्टर रिफर गरिएकोमा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 



सम्बन्धित
Loading...